काठमाडौं । बिहीबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको छ । यसअघि गत २२ चैतमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको थियो ।
महासंघका अनुसार बिहीबार तेजावी सुनको प्रतितोला मूल्य १ लाख ११ हजार २५० रूपैयाँ तोकिएको छ ।


















