परराष्ट्रमन्त्री साउद बंगलादेश प्रस्थान

36

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद शुक्रबार बंगलादेश प्रस्थान गर्नुभएको छ।

‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नारासहित  बंगलादेशको ढाकामा यही वैशाख २९ र ३० गते हुने छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन उहाँ शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका प्रथान गर्नुभएको हो।  सम्मेलनमा उहाँले वैशाख ३० गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले बंगलादेश सरकारका उच्च पदस्थ व्यक्तित्वसँग भेटघाट गर्नुका साथै सम्मेलनका क्रममा विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँग पनि भेटघाट गर्नुहुनेछ। उहाँ वैशााख ३१ गते  स्वदेश फर्कनुहुने कार्यक्रम छ।रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here