काठमाडौं । अमेरिका सरकारले चार जना नेपालीलाई फुलब्राइट स्कलरसिप प्रदान गरेको छ । डा.सञ्जीव गुप्ता, सरिता परियार, शिशिर लामिछाने र रस्मिता सुवाललाई उक्त स्कलरसिप प्रदान गरेको हो । डा. गुप्ता, जसले सामुदायिक अस्पताल स्थापना गरेर नेपालमा स्वास्थ्य सेवाको लागी महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । उनी भक्तिवेदान्त हस्पिटलको सीईओ हुन् ।
यो छात्रवृत्ति पाउनेले अमेरिकाका अति उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्न पाउने छन् । उनी जे १ भिसामा अमेरिका जान पाउनेछन् । उनीहरुलाई जहाजको टिकटदेखि खाना बस्नको सम्पूर्ण सुविधासहित जनही १ लाख डलर प्रतिवर्ष पाउनेछन् ।















