२७ औँ पटक सगरमाथा पुगेर आफ्नै रेकर्ड तोड्दै कामीरिता शेर्पा

54

काठमाडाैं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २७ औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ । कामीरिताले आज बिहान साढे ८ बजे सगरमाथाको २७ औँ पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

२०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिनुभएका कामीरिताले यसअघि २०७९ वैशाख २४ गते सगरमाथाको २६औं पटक आरोहण गर्नुभएको थियो ।

कामीरितापछि सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्ति पादावा शेर्पा हुनुहुन्छ । उहाँ २६ औँ पटक सगरमाथाको चुचुरोमा पुग्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here