जेष्ठ १५ गते १६ औं गणतन्त्र दिवस बनाउन सबै जिल्ला कमिटीलाई परिपत्र

124

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गणतन्त्र दिवस बनाउन ७७ जिल्ला कमिटीलाई परिपत्र गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार जेष्ठ १५ गते १६ औं गणतन्त्र दिवस बनाउन सबै जिल्ला कमिटीलाई परिपत्र गरेका हुन् ।

साथै नेविसंघका सम्पूर्ण मातहतका क्याम्पस समितिहरूले सम्बन्धित जिल्ला समितिसँग समन्वयन गरी कार्यक्रमहरू आयोजना गर्नु परिपत्र भनिएको छ ।

उपत्यकाको हकमा विश्वविद्यालय समिति, क्याम्पस इकाई र स्ववियुसँग समन्वयन गरी प्रभावकारी कार्यक्रमहरू गरी गणतन्त्र दिवस मनाउन अध्यक्षले जारी गरेको परिपत्रमा उल्लेख छ ।

गणतन्त्र दिवस अन्तर विद्यालय र अन्तर कलेज क्याम्पस स्तरीय हाजिरजवाफ प्रतियोगिता योजना गर्न अध्यक्ष शेर्पाको निर्देशन छ । यस्तै संघीय लोकतान्त्रिक गणतन्त्रसँग सम्बन्धित विषयक अन्तर विद्यालय र अन्तर कलेज वादविवाद तथा वक्तृत्वकला कार्यक्रम आयोजना गर्ने परिपत्रमा भनिएको छ ।

348356087_549903284011742_8443412575153959637_n

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here