काठमाडाैं । अब ट्वीटरमा दुई घण्टासम्मको भिडियो अपलोड गर्न सकिने भएकाे छ ।
ट्वीटरका मालिक इलन मस्कले यसबारे जानकारी गराएका हुन् । तर, ट्वीटर ब्लू भिरिफाइट प्रयोगकर्ताले मात्रै यो सुविधा पाउनेछन् । ट्वीटर ब्लू भिरिफाइट प्रयोगकर्ताले दुई घण्टाको भिडियो क्लिपहरू अपलोड गर्न पाउने मस्कले जनाएएका छन्।
ट्वीटर ब्लू भिरिफाइट नभएका प्रयोगकर्ताले यो सुविधा पाउने छैनन् । उनीहरूले हाल दुई मिनेट २० सेकेण्डको भिडिओ अपलोड गर्न पाउँछन् ।


















