महालक्ष्मी विकास बैंकले २९ औँ वार्षिकोत्सव मनायाे

45

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले २९ औँ वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवका अवसरमा आफ्ना १०३ वटै शाखामा विभिन्न सामाजिक हितका कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ।

वार्षिकोत्सवकै उपलक्ष्यमा बैंकले २९ वटा शाखामा रक्तदान कार्यक्रम गरेको छ। केन्द्रीय कार्यालयमा दरबारमार्ग शाखाको सक्रियतामा जेष्ठ ५ गते, शुक्रबार बिहान ११ः३० देखि दिउँसो ३ बजेसम्म रक्तदान गरिएको हो ।

त्यस्तै शाखा, प्रादेशिक तथा केन्द्रीय कार्यालयका कर्मचारीको सहभागितामा काठमाडौंमा र प्रादेशिक कार्यालयका (आठ) विभिन्न स्थानमा शाखा तथा प्रादेशिक कार्यालयका कर्मचारीको सहभागितामा शनिबार बिहान ७ः३० देखि ८ः३० बजेसम्म वित्तीय साक्षरताका निम्ति प्रभातफेरी निकालियो।

यस्तै गत वर्ष शुरु गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेट(महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग– २०२३, श्रृङ्खला–२) जेठ २०, २१ र २२ गते सञ्चालन गर्ने बैंकले जनाएको  छ। श्रृङ्खलामा १६ टिमको सहभागिता रहनेछ।

वार्षिकोत्सव कार्यक्रममा शुभकामना दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले ग्राहक, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीको विश्वास, सद्भाव र मार्गनिर्देशनका लागि कृतज्ञता व्यक्त गरे। ‘ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पुर्‍याउने प्रतिबद्धता जनाउँछौँ’, उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here