नयाँ हतियार किन्ने कुनै योजना छैन : प्रधानसेनापति शर्मा

26

पाँचखाल । प्रधानसेनापति प्रभुराम शर्माले चीनबाट हतियार गरिद गर्ने कुनै योजना नरहेको बताएका छन्। नेपाली सेनाले २०४५ सालमा चीनबाट हतियार खरिद गरेपछि नयाँ हतियार खरिद प्रक्रिया अहिलेसम्म अघि नबढेको बताए ।

केही समय यता नेपाली सेनाले चीनबाट हतियार गरिद गर्न ६ अर्ब रुपियाँ विनियोजन गरी हतियार खरिद प्रक्रिया अघि बढाएको भन्ने समाचारप्रति असहमति जनाउँदै प्रधानसेनापति शर्माले भने– ‘राष्ट्रसंघको मिसनमा खटिने शान्ति सैनिकका लागि हतियार खरिद प्रक्रिया अगाडि बढाएको भन्ने समाचार सोह्रै आना गलत हो ।’ प्रधानसेनापति शर्माले कसको चाहनामा यस्ता समाचारहरु आइरहेका छन् मैले बुझ्न सकेको छैन भन्दै पूर्वप्रधानमन्त्री र पूर्वरक्षामन्त्रीलाई जोडेर आएका समाचारमा सत्यता नभएको बताए।

नेपाली सेनासँग पर्याप्त हतियार भए पनि सेनासँग हतियार छैन भनेर सेनाको मनोबल गिराउने प्रयास भइरहेको उनको भनाइ थियो । उनले सेनाले कुनै पनि घातक हतियार चीनबाट खरिद गर्ने योजना बनाएका छैन, कसको योजनामा यस्ता समाचार प्रवाह भइरहेको छ भनी आफूले नबुझेको बताए। सरकारको वर्तमान तथा पूर्वनेतृत्वले चीनबाट हतियार गरिद गर्न कुनै निर्देशन नदिएको बताउँदै प्रधानसेनापति शर्माले हतियारको आपूर्ति गर्नेहरुबाट फैलाइएको अफवाह मात्र भएको र सेनाको निष्पक्ष छविलाई धमिल्याउने प्रयास भइरहेको बताए।

सेनाले विभिन्न मुलुकमा शान्तिका लागि खटिएका शान्ति सेनाले प्रयोग गर्दै आएको सैन्य सामग्रीका लागि स्पेयर पार्टपुर्जाबाहेक अन्य कुनै पनि सामग्री खरिद गर्ने योजना नरहेको र शान्तिका लागि खटिएका नेपाली सेनाले प्रयोग गरेका सैन्य सामग्रीका पाटपुर्जा खरिदका लागि चीनको बजार सर्वे मात्रै गरेका हौं त्यसैलाई मसला बनाएर समाचार आउनु पक्कै पनि मुलुकको हितमा नभएको उनले बताए । नेपाल समाचारपत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here