काठमाडौं । काठमाडौं महानगरले काठमाडौं प्लाजामा चमेना गृह सञ्चालन गर्नका लागि सस्तो दरमा खाजाको रेट पेश गर्न आग्रह गरेको छ ।
कार्यालयका कर्मचारी तथा सेवाग्राहीहरूलाई शुद्ध, सफा, ताजा खाना तथा खाजा सुलभ मूल्यमा खाजा खुवाउन दररेट पेश गर्न र मूल्यमा प्रतिष्पर्धा गर्नुपर्ने भएकाले महानगरले इच्छुकलाई आव्हान गरेको छ ।
सूचना प्रकाशित भएको १५ दिन भित्रमा प्रशासन विभागबाट मेनुको दररेट लिएर प्रशासन विभागमा बुझाउनु पर्नेछ ।
‘दररेटलाई विश्लेषण गरी मेनुको दर कायम भए पश्चात चमेना गृह सञ्चालनका लागि सार्वजनिक सूचना प्रकाशित गरेर प्रतिस्पर्धा गरी सञ्चालकको छनोट गरिनेछ,’ महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

















