वालिङ। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ड्रागन फ्रुट खेतीलाई व्यावसायिक बनाउँदैलगेको छ । किसानलाई ड्रागन फ्रुटतर्फ आकर्षित र प्रेरित गर्न आफैले खेती शुरु गरेको पालिकाले पछिल्लो समय किसानलाई पनि सहयोग गर्दैआएको छ ।
गाउँपालिका –४ को पुछार भन्ने ठाउँमा स्थानीयवासीको २४ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर फ्रुट लगाइएको बताउँदै अध्यक्ष खिमबहादुर थापाले भन्नुभयो, “पछिल्लो समय कृषकको समेत आकर्षण बढेको छ ।” सिँचाइका लागि पर्याप्त पानी नचाहिने, स्थानीय हावापानी र माटो सुहाउँदो खेती भएकाले नमूनाका रूपमा खेती गरेका थियौ, अध्यक्ष थापाले भन्नुभयो ।
उहाँले भन्नुभयो, “सुरु चरणमा स्थानीय किसान, कृषक समूह र सहकारीलाई यो खेतीका लागि प्रोत्साहन गर्ने नीति लियौँ, तर यहाँका लागि नयाँ भएकाले खासै रुचि नदेखाएपछि गाउँपालिकाले नै सुरुवात गरेको हो ।”
“�



