तेजवति जाेशीकाे ‘मिखाया भाय्’ बिमोचन

48

काठमाडाैं । नेपाली एवम् नेपालभाषाका चर्चित गायिका तेजवति जोशी एकल स्वरमा  नेपाल भाषाको गीतिसँग्रह ‘मिखाया भाय्’  गणतन्त्र दिवसमा काठमाडौंमा सार्वजनिक गरिएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सो गीतिसँग्रहको लोकार्पण गरेका हुन् । कार्यक्रममा गायिका तेजवतिले चार वटै गीत प्रत्यक्ष गाईन् । संग्रहको यमाजितः …गीतको भिडियो पनि सोही कार्यक्रममा सार्वजनिक गरिएकाे थियाे ।

सबै गीतमा बरिष्ठ संगीतकार जुगल डँगोलले  संगीत  दिएकाे साे सँग्रहमा नेपाल भाषाको ४ वटा गीत समावेश गरिएकाे छ । जस बारेमा सँग्रहका गीतलाई लोकसँगै आधुनिक शैलीमा फ्युजन गरेर ल्याएको जानकारी गराए ।

यो गीतिसंग्रहलाई ससुसखा संगीत पाठशालले बजारमा ल्याएको हो । यो गीतिसँग्रहका गीतहरु दर्शनबीर शाक्य, सुरजबीर बज्राचार्य, योगेन्द्र राजकर्णिकार र हरिराम महर्जन ‘ठेंचो’ले लेखेकाे हाे ।

लोकार्पण समारोहमा बोल्दै लतिलपुरका मेयर चिरिवाबुले भने,‘नेवार समूदायकाे कला, संगी तथा संस्कृति अझै पनि  उच्च स्थान रहेकाे धारणा राखे ।

उक्त लोकार्पण समारोहमा सांगितिक क्षेत्रमा विशेष याेगदान दिएबापत  संगीतकर्मी भृगुराम श्रेष्ठ र रत्न बहोसी बज्राचार्यलाई सम्मान समेत गरिएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here