पूर्व परराष्ट्र मन्त्री डा. नारायण खड्का यूरोप भ्रमणमा

70
पोल्याण्डको राष्ट्रिय सभा ‘सिनेट’ का अध्यक्ष डा. तोमास ग्रोश्कीसँग भेट गर्नुहुँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री डा. नारायण खड्का ।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री डा. नारायण खड्का यूरोप भ्रमणमा हुनुहुन्छ।

भ्रमणका क्रममा पूर्व मन्त्री तथा संघीय सांसद डा. खड्काले पोल्याण्डको राष्ट्रिय सभा ‘सिनेट’ का अध्यक्ष डा. तोमास ग्रोश्की तथा उद्योग व्यापार संघका प्रतिनिधि मण्डलसँग भेटवार्ता गर्नुभएको छ।

भेटमा सन् १९५९ नोभेम्बरमा स्थापित दुई देशको सम्बन्धलाई  अझ राम्रो बनाएर अगाडि बढ्ने विषयमा छलफल भएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ।

दुई देशको व्यापार, पर्यटन विदेशी लगानी र विद्यार्थीलाई पहिला दिँदै आएको छात्रवृत्ति पुनः सुरु गर्ने साथै विषयमा छलफल भएको छ। सन् १९७५ नेपालमामा स्थापना भएको पोल्यान्डको दूतावार्स बन्द रहेकाले पुनः सञ्चालन गर्न पूर्व मन्त्री खड्काले अनुरोध गर्नुभएको छ।

पूर्व मन्त्री खड्काले पोल्यान्डको उद्योग तथा व्यापार संघका प्रतिनिधि र पदाधिकारीसँगको भेटमा नेपाल र पोल्याण्डबीच व्यापार र लगानी  बढाउनेबारे छलफल गर्नुभएको छ।

जवाफमा भारत र अन्य दक्षिण एसियाली मुलुकसँग व्यापार र लगानी बढ्दै गएको सन्दर्भमा अब नेपालमा पनि आफूहरु यही वर्ष आउन सक्ने र नेपालका उद्योगी र व्यापारीसँग छलफल गर्ने बताएका छन्।

भेटमा पोल्यान्डको सिनेटको अन्तर्राष्ट्रीय सम्बन्धका निर्देशक तथा पोल्यान्डका लागि नेपालका वाणिज्य दूत डा. बोधराज सुवेदी र एनआरएन पोल्यान्डका महिला विभाग अध्यक्ष डा. एलिना सुवेदी पोख्रेलको उपस्थिति थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here