२ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार

50

काठमाडौं । नेप्से सूचक बुधबार ४.६८ अंकले बढेर १९३२.३३ विन्दूमा आएको छ । यस दिन २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

नेप्से सूचक सकारात्मक भएपछि खरिदबिक्री रकममा पनि वृद्धि भएको छ । आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

यस दिन २६१ कम्पनीको ६५ लाख ४१ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । १० करोड रुपैयाँभन्दा बढी रकमसहित कारोबार रकममा सोल्टी होटल अगाडि आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here