पाँचथरको चिवाभञ्ज्याङ नाका खोल्न सिक्किमको चासो

116

काठमाडाैं । नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ नाका खोल्न भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासो देखाएका छन्।

मुख्यमन्त्री तामाङले भारत र नेपाललाई फाइदा पुग्नेगरी चिवाभञ्ज्याङ नाका खोल्न प्रदेश सरकार लागिपरेको बताए। “चिवाभञ्ज्याङ नाकाबाट कसरी फाइदा लिन सकिन्छ भनी लागिपरेको छु,” मुख्यमन्त्री तामाङले भने, “मैले बारम्बार नीति आयोगको सभामा यो विषय उठाउने गरेको छु।”

सिक्किम सरकारले ५६ करोड भारतीय रुपैयाँ खर्चेर उत्तरे बजारदेखि चिवाभञ्ज्याङसम्म २२ किलोमिटर सडक विस्तार गरेको छ। भारतको केन्द्रीय सरकारसित चिवाभञ्ज्याङमा नाका खोल्ने विषयमा छलफल भएको मुख्यमन्त्री तामाङको भनाइ छ। “केन्द्र सरकार यसबारे सकारात्मक छ,” उनले भने।

नेपालबाट पुष्पलाल ९मध्यपहाडी० राजमार्ग दशकअघि नै चिवाभञ्ज्याङसम्म पुगिसकेको छ। उक्त राजमार्गको उद्गमबिन्दु पनि चिवाभञ्ज्याङ हो। पाँचथरको याङवरक गाउँपालिका–१ मा पर्ने चिवाभञ्ज्याङ नाका खोल्न याङवरक गाउँपालिका सहित यस क्षेत्रका नागरिकले माग गरिरहेका वेला सिक्किम राज्य सरकारले पनि पहल गरेको छ। दुई वर्षअघि नेपालका तर्फबाट उक्त राजमार्ग चिवाभञ्ज्याङसम्म कालोपत्रे गर्न थाले पनि निर्माण व्यवसायीको लापरवाहीले पूरा हुन सकेको छैन। (रासस
जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञघटद्दठढरुादअष्मि.क्ष्धब्च्घअथ्प्दक्ष्लखण्नलद्धाब्ष्द्धऋयद्धत्त((हश्त्रीम्अकमशधष्हछ)त्रवगह्च्घगन्(श्ध्म्त्ज्ञिपयज्क्ष्ठत्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here