लगातार तेस्रो दिन आज बिहीवार पनि शेयर बजार बढ्याे

41

काठमाडाैं । लगातार तेस्रो दिन आज बिहीवार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सात दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय ३९ दशमलव ६१ विन्दुमा पुगेको छ । आज उत्पादन, जलविद्युत्, होटल र बैंक समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । बीमा समूहको शेयर भने उच्च अङ्कले उकालो लागेको छ ।

बजार बढेकाे दिन दुई सय ७३ वटा कम्पनीका ५९ लाख ६२ हजार कित्ता शेयर दुई अर्ब ३० करोड ५८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीको १० करोड २६ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनी र बुङगोल इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै रिभर फल्स पावर कम्पनीको शेयर साढे छ प्रतिशतभन्दा धेरैले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here