हाेसियार ! चिया पिउदा १ गल्तीले पार्न सक्छ तपाईंलाई अप्ठ्यारो

47

काठमाडौं । चियाका पारखी नेपालमा धेरै छन्। बिहान, साँझमात्र नभइ साथीभाईहरूसँग भेट हुँदा दिउँसै चिया पिउने संस्कृति नै बसिसकेको छ। कतिपयको त कार्यालयमा होस् वा खालि बसिरहँदा पनि पटकपटक चिया पिउने बानी रहेको हुन्छ।

यस्तो अवस्थामा चिया पिएपछि हतारमा नुहाउन जानेहरूपनि धेरै हुन्छन्। जबकि, यो हाम्रो शरीरको लागि हानिकारक हुन सक्छ।

वास्तवमा, चिया पिएपछि हाम्रो शरीर धेरै तातो र पानी चिसो हुन्छ। यस्तो अवस्थामा दुवैले सँगै प्रतिक्रिया गर्दा शरीरको लागि हानिकारक हुन सक्छ।

१. शरीरको तापमानमा अन्तर
चिया पिउने बित्तिकै हाम्रो शरीरको तापक्रम बढ्छ। नुहाउन जाँदा पानी चिसो हुन्छ। यस्तो अवस्थामा जब दुई फरक तापक्रमहरू मिल्छन्।

तिनीहरू एकअर्कासँग प्रतिक्रिया गर्छन् र यो प्रतिक्रियाले बिरामी बनाउन सक्छ। यसले रूघाखोकी लाग्ने र एलर्जी पनि हुन सक्छ।

२. ज्वरो आउन सक्छ
शरीरले गर्मीको कारण पानीमा प्रतिक्रिया गर्छ तब ज्वरो आउन सक्छ। किनभने पानीको तापक्रम कम हुनुका साथै शरीर तातो हुने भएकाले शरीरले आफूलाई सन्तुलनमा राख्न सक्दैन। यसकारण विभिन्न व्यक्तिमा विभिन्न लक्षण देखिन सक्छ।

३. शरीर चिसो-तातो हुन सक्छ
चिसो-तातो शरीरको त्यो अवस्था हो जसमा मानिस गर्मीमा चिसोको सिकार हुन्छ। त्यसैले चिया पिएपछि तुरून्तै नुहाउन गएमा चिसो र गर्मीको सिकार हुन सक्छ।

त्यसैले यो बानी सुधार गर्नुपर्छ। चिया पिएपछि कम्तीमा ३० मिनेटपछि मात्रै नुहाउने गर्नुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here