सुनकाे भाउ घट्याे

88

काठमाडौं । बिहीबार पनि सुन चाँदीको मूल्य घट्ने क्रम जारी रहेकाे छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर एक लाख ११ हजार र तेजावी सुनको मूल्य एक लाख १० हजार ४५० मा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर आज १४ सय ५ रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुन एक लाख ११ हजार ८ लाख ८ सय,  तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० र चाँदी १४ सय २५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here