नेपालगञ्जबाट फर्किने क्रममा गाडी दुर्घटनामा

70

धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको गाडी दुर्घटनामा परेको छ।  बर्दियाको बबई क्षेत्रमा उनी सवार गाडी दुर्घटना भएको हो।

बर्दिया प्रहरीका डिएसपी हिक्मत बोहराले सिडिओको गाडी मिनी बससँग ठोक्किएको जनाए । अन्तर जिल्ला कमिटिको बैठकमा सहभागी भइ नेपालगञ्जबाट फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो। तर गाडीमा सवार चालकसहित सबैजना सकुसल रहेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here