अविरल वर्षाका कारण ठुलो जनधनको क्षति भएकाेप्रति सरकारको ध्यानाकर्षण

66
zf]s k|:tfj kfl/t sf7df8f}F,^ c;f/M ;jf/L b'3{6gfdf k/L lgwg x'g'ePsf ;'b"/klZrd k|b]zsf cfGtl/s dfldnf tyf sfg'gdGqL k[YjLaxfb'/ l;+xk|lt a'waf/ k|ltlglw;ef a}7sdf zf]s k|:tfj kfl/t ub}{ ;f+;b . tl:a/M ls/0f/fh lji6÷/f;;

काठमाडौं। प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसद उर्मिला थेबेले यही असार २ गतेदेखि परेको अविरल वर्षाका कारण ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुमलगायत जिल्लामा ठुलो जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले बाढीमा परेर बेपत्ता भएकाहरूको चाँडो खोजी  गर्न सरकारलाई आग्रह पनि गर्नुभयो।

सांसद ईश्वरीदेवी न्यौपानेले भन्नुभयो, “अनागरिक हुनाको पीडा नागरिकताबाट वञ्चित हुनेलाई मात्रै थाहा हुन्छ, नागरिकताविहीन नागरिकको रोदन मिश्रित एसएमएसले हाम्रो मोबाइल भरिएको छ, छोराछोरी नेपाली भएर पनि बैङ्कमा खाता खोल्नै पाउँदैनन्, उच्च शिक्षाका लागि विदेश जान सक्दैनन्, कलेज टप भए पनि नागरिकताको प्रमाणपत्र नहुँदा छात्रवृत्ति पाउँदैनन्।”

सांसद उर्मिला माझीले लमजुङ जिल्लामा दर्जनभन्दा बढी हाइड्रोपावर भए पनि दिनमा सयौँ पटक लाइन जाने आउने समस्याका कारण त्यहाँका जनता मर्कामा पर्ने गरेको बताउनुभयो।

सांसद एकनाथ ढकालले गोरखा जिल्लामा समग्र पर्यटनको विकासका निम्ति सरकारलाई आग्रह गर्नुभयो। सांसद कालुराम राईले अपाङ्गता भएका व्यक्तिको सामाजिक न्यायलाई सुनिश्चित गर्न माग गर्नुभयो।

सांसद गणेश पराजुलीले तराई र पहाडका जिल्लामा बाढी, पहिरो र डुबान भइरहेकाले  विपत् व्यवस्थापनका लागि  पूर्वतयारीमा सक्रिय हुन सरकारलाई आग्रह गर्नुभयो।

सांसद गीता बस्नेतले यस पटकको बजेटमा अन्य सवारी साधन छुटको विषय आए पनि किसानको उत्पादित वस्तुको ढुवानीको सवालमा कुनै छुटको कुरा आउन नसकेकामा  गुनासो गर्नुभयो।

सांसद गोमालाभ सापकोटाले देशैभरि भएको यौन शोषण, महिला हिंसाका घटनालाई सरकारले न्यूनीकरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। सांसद चन्द्रबहादुर विश्वकर्माले सिरहा, बैतडीलगायत जिल्लामा दलित समुदायमाथि जातीय भेदभाव तथा छुवाछूतका घटना हुने गरेको बताउनुभयो।

सांसद कुसुमदेवी थापा,  छिरिङ लामा तामाङ, ज्वालाकुमारी साह, छिरिङ डम्डुल लामा (भोटे), किरणकुमार शाह, ऐनबहादुर शाही ठकुरी, जुलीकुमारी महतो, गङ्गा कार्की र चन्दा कार्कीले पनि मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here