अवैध लागूऔषधसहित पक्राउ

39

काठमाडौं । महोत्तरी, सम्सी गाउँपालिका-७ पुलबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३ सय ६३ पिस र मोर्फिन ५ पिससहित सर्लाही ईश्वरपुर नगरपालिका-१३ बस्ने १७ वर्षीय किशोरलाई 2 सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४ नयाँ बस्तीबाट नियन्त्रित लागूऔषध ओनरेस ३८ बोतलसहित सोही उपमहानगरपालिका-१४ मयुरधाप बस्ने ३५ वर्षीय अर्पण रिमाललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट मयुरधापबाट खटिएको प्रहरीले ना.६ प २३२८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । कैलाली, टिकापुर नगरपालिका-२ अस्नेरिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका-५ बस्ने २० वर्षीय बिशाल चौधरी र सोही नगरपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडडुल गरिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here