मागेजति दाइजो नपाएको भन्दै विवाह रद्द गर्ने बेहुलालाई प्रहरी विवाह मण्डपबाटै पक्राउ

63

काठमाडौं । आफूले मागेजति दाइजो नपाएको भन्दै विवाह रद्द गर्ने बेहुलालाई प्रहरी विवाह मण्डपबाटै पक्राउ गरेको छ।

मंगलबार काठमाडौं महानगरपालिका–१ नक्सास्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले मागेजति दाइजो नपाएको भन्दै विवाह रद्द गरेपछि बेहुला पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका–६ घर भइ काठमाडौं–१३ ताहचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेका छन्। मागेजति दाइजो नपाएको र जन्तीलाई स्वागतसमेत नभएको भन्दै विवाह रद्द गरेको जानकारी पाएलगत्तै प्रहरी त्यहाँ पुगेको थियो। दुई पक्षबीच दाईजोका विषयमा विवाद भएको थियो।

बेहुला पक्षले ५० लाख रुपैयाँ दाइजोको डिमाण्ड गरेको थियो। तर उक्त दाइजो नदिएको भन्दै विवाह रद्द गर्ने अडान बेहुला पक्षले गरेका थिए। साथै बेहुलीलाईसमेत हातपात गरी बेइज्जत गरेपछि बेहुलालाई प्रहरी वृत्त मालीगाउँले नियन्त्रणमा लिएको थियो। उक्त विवाहमा विवाह खर्चवापत केटा पक्षले पटक–पटक गरी २२ लाख रुपैयाँसमेत लिएको प्रारम्भिक अनुसन्धानमा खु्लेको छ। बेहुला रौनियार अमेरिकाका ग्रिन कार्ड होल्डरसमेत रहेको खुलेको छ।

उक्त घटनाको सम्बन्धमा पक्राउमा परेका रौनियार उपर विवाहसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here