जिल्ला निर्वाचन कार्यालय अन्य कार्यालयमा नगाभ्ने प्रतिवद्धता

55

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले निर्वाचन आयोगको जिल्लास्थित कार्यालयहरु अन्य कुनै कार्यालयमा नगाभिने बताए।

उनले निर्वाचन कार्यालय अन्य कार्यालयमा नगाभिने पक्षमा पार्टीको संसदीय दल नै रहेको स्पष्ट पारे। उनले आज अर्थमन्त्रीले संसदमा जवाफ दिने क्रममा जिल्ला निर्वाचन कार्यालय अन्य कार्यालयमा नगाभ्ने प्रतिवद्धता गर्ने पनि उनले जानकारी दिए। यो कुरा निर्वाचन आयोगले पनि निर्णय गरिसकेको उनले उल्लेख गरे।

उनले भने,’माननीय अर्थमन्त्रीजीले आज विनियोजन विधेयक २०८०/८१ का बारेमा जवाफ दिने पालो पनि तोकिएको छ कार्यसूचिमा। अर्थमन्त्रीजीले जवाफ दिने क्रममा निर्वाचन आयोगको निष्पक्षता, स्वतन्त्रता, विश्वसनीयतालाई कायम राख्ने र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष रुपले सम्पादन गर्नका लागि स्वतन्त्र कार्यालयहरु नै जिल्लामा रहने गरेर नै अगाडी बढिने छ। निर्वाचन आयोगका जिल्ला स्तरीय कार्यालयहरुलाई कुनै अन्य कार्यालयमा गाभिने छैन भनेर आज नै नेपाल सरकारको तर्फबाट अर्थमन्त्रीजीले प्रतिवद्धता गर्नुहुनेछ। यो सरकारको पनि प्रतिवद्धता हो।

निर्वाचन आयोगमा पनि निर्णय भइसकेको अवस्था छ। मेरो आग्रह, सरकारले यो प्रतिवद्धता गर्नै पर्छ। यसको पक्षमा हामी पनि छौँ। त्यसकारणले सरकारले गर्छु भनिसकेको छ। प्रतिवद्धता व्यक्त हुन्छ।’ उनले निर्वाचन आयोगको निष्पक्षता, स्वतन्त्रता र विश्वसनीयतालाई कायम राखिने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here