यद्यपि २५ हजार अक्षरसम्मको ट्वीट गर्न सकिने फिचर सबै आम साधारण ट्वीटर प्रयोगकर्ताका लागि होइन। ट्वीटरको ब्लू सब्सक्रिप्सनवाला अर्थात् मासिक शुल्क तिर्ने प्रयोगकर्ताका लागि मात्रै यो फिचर उपलब्ध हुनेछ ।
यसअघि गत अप्रिल महिनामा ट्वीटरले सशुल्क निलो टिको भएका प्रयोगकर्ताका लागि ट्वीटको सीमा १० हजार अक्षरमा पूराएको थियो । त्यसअघि ट्वीटमा अक्षरको सीमा सबैका लागि २ सय ८० मात्र थियो ।
ट्वीटरमा २५ हजार अक्षरको सीमा पूराएसँगै ट्वीटरले एक अर्को महत्वपूर्ण परिवर्तन पनि गरेको छ। जस अनुसार अब ट्वीट गर्दा अक्षरहरुलाई बोल्ड, इटलिक्स आदि समेत गराउन अर्थात् टेक्स्ट फम्र्याटिंग गर्न सकिनेछ ।
कन्टेन्ट क्रिएटर्सका लागि मनिटाइजेसन
एलन मस्कले गत अप्रिलमा क्रिएटर्स कन्टेन्ट मनिटाइजेसन फिचर लञ्च गरेका थिए। कन्टेन्ट मनिटाइजेसन अन्तरगर्त १२ महिनासम्म आम्दानीको सबै हिस्सा केवल सर्जकलाई मात्र प्रदान गरिन्छ ।
त्यसपछि मात्रै ट्वीटरले पनि केही हिस्सा लिनेछ । प्रयोगकर्ताहरुले आफ्ना ट्वीटका सामाग्रीहरुबापत आफ्ना फलोअर्सबाट पैसा लिन सक्दछन् ।
हाल क्रिएटरहरुले ट्वीटरमा आफ्नो सामाग्रीका लागि २.९९ डलर, ४.९९ डलर तथा ९.९९ डलर मासिक शुल्कमा फलोअर्सलाई सब्सक्रिप्सन बिक्री गर्न सक्दछन्।
ट्वीटरको नियम अनुसार क्रिएटर्सको उमेर न्यूनतम १८ वर्ष हुनुपर्दछ भने कम्तिमा १० हजार सक्रिय फलोअर्स हुनुपर्दछ। त्यस्तै अकाउन्ट मनिटाइजेसनका लागि पछिल्लो ३० दिनमा कम्तिमा २५ पटक ट्वीट गरेको हुनुपर्दछ।
हालका लागि ट्वीटरको मनिटाइजेसन फिचर अमेरिकामा मात्रै सुरु भएको छ। नयाँ मनिटाइजेसन फिचर रसन् २०२१ मा लञ्च भएको ट्वीटरको सुपर फलोज फिचर जस्तै हो।


















