सुनचाँदीको भाउ बढ्यो

51

काठमाडौं । मंगलबार सुन र चाँदीको भाउ बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४००, तेजावी सुनको मूल्य तोलामा ३५० र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको भाउ  एक लाख १० हजार रुपैयाँ प्रतितोलाबाट बढेर एक लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको भाउ एक लाख ९ हजार ५०० रुपैयाँबाट बढेर एक लाख ९ हजार ८५० रुपैयाँ पुगेको छ ।

यस्तै चाँदीको भाउ अघिल्लो दिनको तुलनामा तोलामा पाँच रुपैयाँले बढेर एक हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here