संसारबाट बिदा भए गायक तथा अभिनेता रविन तामाङ

295

काठमाडौं । चर्चित रकगायक एवं अभिनेता रोविन तामाङको निधन भएको छ। काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-५ विष्णुमति चिसेनीस्थित घरमा मंगलबार बेलुका उनलाई मृत भेटिएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।

रविनको आफ्नै आधिकारिक फेसबुक पेजबाट पनि उनको मृत्यु भएको खबर पोस्ट भएको छ । उनको मृत्युको कारण भने खुलिसकेको छैन। हाल उनको शव पोस्टमर्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ।

रोविनले थुप्रै चर्चित गीत गाउनुका साथै फिल्ममा समेत अभिनय गरेका छन्। उनी पछिल्लो समय फिल्म ुछड्केु मा देखिएका थिए। उनका ‘चिसो चिसो हावामा’, ‘जति माया लाए पनि’, ‘भुलमा भुलियो’ लगायत गीत चर्चित छन्। छड्केबाहेक उनले मुखौटा, जय परशुराम, चिसो एस्ट्रेलगायत फिल्ममा अभिनय गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here