भारतले साफ च्याम्पियनसिप जित्यो

76

काठमाडाैं । भारतले साफ च्याम्पियनसिप २०२३ को उपाधि जितेको छ।

मंगलबार भएको फाइनलमा भारतले आमन्त्रित टोली कुवेतलाई सडनडेथमा हराउँदै कीर्तिमानी नवौँ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो।

बेंग्लोरस्थित श्री कान्तिराव स्टेडियममा निर्धारित ९० मिनेट र थप ३० मिनेटमा पनि खेल १-१ को बराबरी भएपछि पेनाल्टी सुटआउटबाट टुंगो लगाइएको हो।

सुरुमा ५-५ पेनाल्टी प्रहार गरिएकोमा दुवै टोलीले ४-४ गोल गरे।

त्यसपछि सडनडेथमा भारतका लागि महेश सिंहले पेनाल्टीमा गोल गरे। गुरप्रितले कुवेतका कप्तान खालेद अजिएहको अन्तिम पेनाल्टी प्रहार बचाएपछि भारत विजयी भएको हो।

भारत घरेलु मैदानमा अपराजित रहँदै च्याम्पियन बनेको हो। यसअघि समूह चरणमा भारतले कुवेतले १-१ को बराबरी खेलेका थिए।

सेमिफाइनलमा भारतले अर्को आमन्त्रित टोली लेबनानलाई पेनाल्टी सुटआउटमा हराएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here