सुन चाँदीको भाउ घट्यो

48

काठमाडौं । साताको अन्तिम दिन सुन र चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज शुक्रबार सुनको भाउ तोलामा एक सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

आज छापावल सुनको मूल्य एक लाख १० हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार ५० र चाँदीको मूल्य १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

बिहिबार एक लाख १० हजार ७ सय रुपैयाँमा छापावल, एक लाख १० हजार १५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै १३ सय ९५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here