नेवाः संघद्वारा संरक्षक र सल्लाहकार घोषणा

112
काठमाडाैं । नेपाल समाजवादी नेवाः संघले आफ्नो संरक्षक र सल्लाहकार घोषणा असार २६ गते मंगलबार गरेको छ ।
नेपाल समाजवदी पार्टीया अध्यक्ष डा.  बाबुराम भट्टराइको प्रमुख आतिथ्यतामा  भएको घोषणा बैठकमा मा. गंगानारायण श्रेष्ठ, हिसिला यमि, अनुप सिं सुवाल, भीम महर्जन र  सुरेश खड्गीलाई नेवाः संघका संरक्षक र चिरिकः शोभा ताम्राकार, डा. ज्ञानेन्द्र रत्न तुलाधर, मदन महर्जन, नहेन्द्र प्रधान, सल्लाहकार प्रकाश राजभण्डारी र मञ्जु श्रेष्ठलाई  उक्त संघको नेपालमण्डल क्षेत्रको सल्लाहकार घोषणा गरे ।
कार्यक्रममा अनुप सिं सुवालले प्रादेशिक भाषा ऐन बनाउन ३ नम्वर प्रदेशको आन्तरिक मामिला र कानून मन्त्री गंगा नारायण श्रेष्ठले खेलेको भूमिकाको प्रशंसा गर्दै भाषा ऐन विधेयक बनाएर  लागू गराउन आफूहरूले चाहिने अनुसार सरकारलाई सहयोग गर्न तयार रहेको जनाउनु भयो । ३ नम्वर प्रदेशको नाम नेवाः ताम्सालिन प्रदेश नामाकरण गर्न विभगिय संघिय मन्त्रीलाई  ज्ञापनपत्र  हस्तातरण गरेको जानकारी दिदैँ नेवाः स्वायत्त राज्य  गठन गरेर आफूहरुले उठाएको  मुद्दासित समान भएको अन्य शक्तिसित सहकार्य गरि आन्दोलन गर्ने तयारी भइरहेको जनाए ।
मन्त्री गंगानारायण श्रेष्ठले प्रादेशिक भाषा ऐन प्रदेश पारित गरेर प्रदेशको सरकारी कामकाजी भाषा अनुसार नेवाः, तामांग भाषा सरकारी कामकाजीका रुपमा प्रयोग गर्ने प्रतिबद्धता जाहेरी गर्दै उहाँले  संघले माग गरे अनुसार मातृभाषालाई  माध्यम भाषा अनुसार १२ कक्षासम्म पठन-पाठन गर्नका कार्य भइरहेको सुनाए ।
नेवाः प्रदेश स्थापना गर्न कम्तिमा पनि ३ नम्वर प्रदेशलाई  नेवाः ताम्सालिन नामाकरण गर्न  आफूहरुले पनि जाेड दिइरहेकाे धारणा राखे ।
प्रमुख अतिथि डा. बाबुराम भट्टरार्र्इले जारी संबिधान आदिवासी जनजातीको अधिकारका हिसाबले अपूर्ण भएकाले संघर्ष जारी गरिरहेको धारणा राख्दै देशको द्रुततम विकास तथा संघीयताको रक्षाका लागि संविधान सभाका  उच्चस्तरिय आयोगले सिफारिस गरेको  १० जोड १ प्रदेशको विकल्प नरहेकोले   नै स्थापना गर्नु पर्ने विषयमा जोड दिएका थिए । उहाँका अनुसार पृथ्वीनाराण शाहको  गोरखा विस्तारबाट पीडित नेवारहरुले  आफ्नो मुक्तिका लागि सधैं सचेत भई आन्दोलित भइरहनु पर्ने जनाए ।
नेवाः संघको  केन्द्रीय अध्यक्ष माधव श्रेष्ठको सभापतित्वमा शुरु भएको कार्यक्रममा चिरिकः शोभा ताम्राकार, मदन महर्जन, सतेन्द्र काजी श्रेष्ठ, महासचिव दिलिप शाही व उपाध्यक्ष न्हुँच्छे शोभाले पनि  नेवाः आन्दोलनको सन्दर्भमा  आ—आफ्नो धारणा राखेका थिए ।
नेवाः संघको  सदस्यता वितरण  शुभारम्भ  पनि गरेको सो कार्यक्रममा संघका  उपाध्यक्ष राकेश मास्केले कार्यक्रम संचालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here