मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित : ओली

55

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हेलिकप्टरबाट पाँच हजार फिटबाट झर्दा बाँच्छु जस्तो नलागेको बताएका छन्।

आइतबार आफ्नो युट्युव च्यानल सेयर गर्दै उनले झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतार हतार आफ्ना हातखुट्टा छामी हेरेको बताए।

उनले लेखेका छन्, ‘म घाइते थिएँ तर जिउँदो थिएँ। मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भयो। सफलताको अनुभूति गरेँ। बाँच्नु आफैँमा एउटा सफलता हो। मृत्युका मुखमा पुगेर बाँच्नु मेरा लागि अझ ठूलो सफलताको विषय बन्न पुग्यो।‘

यो आफ्नो २०५२ सालमा हेलिकप्टर दुर्घटनामा पर्दाको अनुभव रहेको उनले बताए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here