वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा

94

काठमाडौं । काठमाडौंको बालाजु बाइपासस्थित वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ ।

काठमाडौं महानगरपालिका –१६ बालाजु बाइपास नजिक रहेको चप्पल जुत्ता कारखानामा बुधबार मध्याह्नदेखि आगलागी भएको थियो ।

महानगरीय प्रहरी वृत्त बालाजुले आगो नियन्त्रणमा आएको र के कति क्षति भयो भन्ने विवरण आइनसकेको जनाएको छ ।  आगलागीबारे गृहमन्त्री खाणको चासो गृहमन्त्री बालकृष्ण खाणले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको वान वर्ल्ड जुत्ता कम्पनीमा भएको आगलागीबाट पुगेको क्षति र आगलागी नियन्त्रणबारे सम्बन्धित निकायसँग जानकारी लिनुभएको छ ।

थप जनशक्ति र साधन प्रयोग गरी आगलागी नियन्त्रण गर्न र थप सहयोग आवश्यक परे माथिल्लो निकायमा तत्काल जानकारी गराउन पनि गृहमन्त्री खाणले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाणले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) रबिन्द्रबहादुर धानुक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र काठमाडौंका जिल्लाका सुरक्षा प्रमुखहरूलाई आगलागी नियन्त्रण यथाशक्य गर्न निर्देशन दिनुभएको हो ।

एआइजीपी धानुकले गृहमन्त्रीले आगलागी नियन्त्रण थप शक्ति र साधन प्रयोग निर्देशन दिनुभएको  जानकारी गराउनु भयाे । काठमाडौंका प्रजिअ रिजालले विद्युत सट भएर आगलागी भएको र अहिले आगलागी नियन्त्रणमा आइसकेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here