सुन तस्करीमा विमानस्थलबाट लिङ चुवान पक्राउ

86

काठमाडौं । सुन तस्करी प्रकरणमा अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले चीन जान लागेका लिङ चुवानलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका चुवान सुनको मालिक हो भन्ने आशङ्का गरिएको उहाँको भनाइ छ ।

महानिर्देशक अधिकारीले पक्राउ गरिएको चिनियाँलाई राजश्व अनुसन्धान विभागमा बुझाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘चिनियाँ नागरिक चीन जाँदै गर्दा सुरक्षाकर्मीको मौखिक सूचना अनुसार हामीले पक्राउ गरेका हौँ । उहाँलाई राजश्व अनुसन्धान विभागमा बुझाएका छौँ ।’’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here