काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १.३१ अंकले घटेको छ। नेप्से परिसूचक १.३१ अंकले घटेर २१६३.९२ विन्दुमा पु्गेको हो।
आज २६४ कम्पनीको ८४ लाख २४ हजार १०८ कित्ता सेयर ३ अर्ब ५ करोड २४ लाख १० हजार ६५९ रुपैयाँमा खरिदबिक्री भएको हो।
बजार घटेपनि आज दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। विशाल बजार कम्पनी र लिवर्टी इनर्जी कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो।
यस्तै सिटीजन्स म्यु्चुअल फन्ड -२ र कुमारी क्वीलिटी फन्डको सेयर मूल्य भने १० प्रतिशतले ओरालो लाग्यो।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको १४ करोड मूल्य बढिको सेयर कारोबार भयो। आज ८ कम्पनीको मूल्य घट्दा ७ को मात्रै बढ्यो।


















