एनआरएनए अस्ट्रेलिया चुनाव : डिला खरेल विद्यार्थीका साथी युवाका सारथी

30

सिड्नी । गैर आवासीय नेपाली संघ एनआरएनएको चुनावको मिति नजिकिँदै जाँदा अध्यक्षका उम्मेदवार डिला खरेलले प्रचार प्रसारलाई तिव्रता दिएका छन् । जुलाई २९  तारिखमा हुने निर्वाचनका लागि होमिएका खरेल र उनको टिमले अहिले विभिन्न ठाउँमा पुगेर अन्तरक्रिया गर्ने र एनआरएनएका समस्या सुन्ने काम गरिरहेका छन् । ‘निस्वार्थ सेवा, समुदायमा एकता, साझा एनआरएनए, मेरो प्रतिवद्धता’ भन्ने मूल मन्त्र लिएर चुनावी मैदानमा उत्रिएका खरेलले आफूसँग भएको योग्यता क्षमता र सीपका आधारमा डायस्पोरामा रहेका मात्र नभइ नेपालमा पनि योगदान गर्ने प्रतिवद्धता जनाएका छन् ।
काठमाडौं उपत्यकामा अस्ट्रेलिया पार्क बनाउने घोषणा गरेका खरेलले स्लोगन नै नेपाल र नेपालीलाई ‘दिने, दिने र दिने’ अभियानको पनि सुरुआत हुने बताइसकेका छन् । शिक्षा, स्वास्थ्य र परोपकारमा आफू फोकस हुने बताउँदै चुनाव जितेर आएमा २ वर्षको कार्यकालमा सवै कुरा पूरा हुने पनि बताए ।

नेपाली विद्यार्थीहरुको उत्कृष्ट रोजाईको गन्त्व्यका रुपमा रहेको अस्ट्रेलियाको बारेमा ‘स्टुडेन्ट ह्यान्ड बुक’ तयार पर्ने योजना पनि उनले अघि सारि सकेका छन् । उनले नेपालबाट अस्ट्रेलिया आउनु भन्दा अगाडि नै यहाँको बारेमा अभिभावक र आउने भाइ बहिनीले थाहाँ पाउनु आवश्यक रहेको पनि बताए । आफूलाई विद्यार्थीका साथी र युवाको सारथीको रुपमा पनि चुनावी मैदानमा उत्रिएको बताए ।

आफू युवा र विद्यार्थीलाई फोकस गरेरै अघि बढ्ने बताउँदै हरेक युवाको सफलता र समस्या आफ्नो पनि रहेको बताउँदै आफूले समस्या समाधानका लागि हरेक तहबाट ‘सघाउने, सघाउने र सघाउने’ मात्रै रहेको बताए । यसैगरी उद्यमशील  बन्नका लागि ‘आईडिया ब्याङ्किङ’ कन्सेप्ट रहेको र त्यसका आधारमा नेपाल र नेपालीको आर्थिक समुन्नतीमा पनि एनआरएनए अस्ट्रेलिया र आफू निर्वाचित भएमा हातेमालो गर्न तयार रहेको बताए । सवैसँगको सहकार्य गरेर आफू दृढ संकल्पका साथ चुनावी मैदानमा उत्रिएको पनि खरेलले बताए ।

उनले भने ‘नेपाली विद्यार्थीहरुलाई पढाइलाई सहयोगी हुने एक हाते पुस्तक प्रकाशन गर्नेछौँ जसले उहांहरूलाई कामको खोजी तथा अस्ट्रेलियाको जीवनशैली तथा अवसरबारे पनि ज्ञान दिनेछ। रोजगारी, व्यक्तिगत तथा पेशागत विकास जस्ता निश्चित विषयहरूमा एनसीसी अस्ट्रेलियाले प्रशिक्षण दिलाउनेछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here