काठमाडौं । काठमाडौं महानगरपालिका कमिटी तथा अखिल किसान महासंघद्वारा आयोजित किसान र प्राबिधिक बिच अन्तरकृया कार्यक्रम शुक्रबार सम्पन्न भएकाे छ ।
कार्यक्रममा लम्पी स्किन महामारी घोषणा गर्न जागरुक, रोकथाम, नियन्त्रण, किसानलाई बिमा उपलब्ध तथा क्षतिपूर्ति कर्जा सहुलियतसहित उपलब्ध गराउन नेपालमा लम्पी स्किन महामारीको रुपमा फैलिएकाे भएता पनि गठबन्धन सरकारले माहामारिको नियन्त्रण गर्न नसकेकाे बारेमा छलफल भएकाे थियाे ।
सरकारले लम्पी स्किन नियन्त्रण गर्न जन जागरण, रोकथाम, नियन्त्रण उपचार, स्थानियहरुलाई क्षतिपूर्ति, बिमा र बैंक कर्जाको कुनै ब्यवस्था नगरेको कारणले आजसम्म सरकारी तथ्यांकै अनुसार पनि अर्ब भन्दा बढीको क्षति भईसकेको र निकै ठुलो क्षति अर्थ तन्त्र मै भयावह समस्या उत्पन्न हुँदा पनि सरकारले किसान समस्या नबुझेको, नसुनेको, गम्भीर नभएको हुनाले काठमाडौं महानगर कमिटीको आयोजनामा अखिल नेपाल किसान महासंघ, काठमाडौं महानगरपालिका कमिटीको व्यवस्थापनमा किसान प्रदशर्नको आयोजना हुन लागेको छ।
बैठकमा काठमाडौं महानगरपालिका अध्यक्ष निर्मल देउला सहित संगठनका विभिन्न तह र तप्कामा रहनु भएका नेताहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रशिक्षण दिनुको साथै बैठकबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) काठमाडौं महानगरपालिका अखिल किसान महासंघको कमिटी पुर्नगठन भएकाे छ। उक्त बैठकबाट अध्यक्ष रामबहादुर कार्की, उपाध्यक्ष इन्द्रमान महर्जन, सचिव सुमित रन्जित, उपसचिव भिष्म साप्कोटा र रचना कर्माचार्य सहित २१ सदस्यीय कमिटी पुर्नगठन भएकाे थियो ।


















