नेकपा एमालेकाे २५ वडा कमिटी सदस्य भेला सम्पन्न

97

काठमाडाैं ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले) काठमाडौं महानगरपालिका २५ वडा कमिटीद्वारा आयोजित संगठित सदस्य भेला तथा बनभोज कार्यक्रम गुहेश्वरीमा शनिवार श्रावण २० गते राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न  भएकाे छ ।

साे कार्यक्रममा प्रमुख अतिथिमा पोलिटब्यूराे सदस्य एवम् काठमाडौं महानगरपालिका इन्चार्ज तथा संविधान सभा सदस्य रामेश्वर फुयालले महिला नेतृ सहाना प्रधानले  बिदेशी भूमिमा हुर्केर पनि जहाँनिया राणा शासनमा सर्वसाधारण नेपाली जनताका छाेराछाेरीले पढ्न नपाएकोमा आवाज बुलन्द बनाउँदा जेल परेता पनि देशमा   वि.सं. २०१० सालमा भएको पहिलो पटक  स्थानीय निर्वाचनमा काठमाडौंका जनताले बिजयी धारणा राखे। उनले नयाँ जोशका साथ नयाँ बिषय पुरा समाज बदल्नको लागि उल्लेखिनिय याेगदान दिएकाे चर्चा गरे । अहिलेकाे  हाम्रो  मुख्य काम गाउँ र शहरलाई सुबिधाले बराबर सम्पन्न गराउने, महिला र पुरुष अधिकारमा बराबर कायम गराएर समृद्व नेपाल बनाउने  उद्वेश्य रहेकाे समेत जनाए ।

विशेष अतिथिका रूपमा प्रदेश सभा सदस्य प्रकाश श्रेष्ठ पाल्नु भएकाे कार्यक्रममा नेकपा (एमाले) का काठमाडौं महानगर सम्पदा बिभाग सचिव तथा युवा नेता सुमितदास रन्जितले काठमाडौं उपत्यका एउटा खुल्ला संग्रहालय धारणा राखे ।  यहाँ हरेक पाइला-पाइलामा हाम्रा सम्पदाहरु रहेकाले यसकाे संरक्षण, सम्बद्धन गर्नु हामी सबैको दायित्व जनाए । उनले ४० प्रतिशत युवाहरु हरेक कमिटीमा हुनुपर्ने निर्णयले युवालाई स्थान दिने नेकपा एमाले पार्टी भएकाे जनाए ।

कार्यक्रममा तथा पार्टीका विभिन्न तह र तप्काका नेतागनहरुको उपस्थिति जनाएकाे थियाे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here