मिस नेवा: ११४३ ट्यालेन्ट सो सम्पन्न

167

काठमाडौं । मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न भएको छ । ट्यालेन्ट सोमा सहभागी नेवार सुन्दरीहरुले नृत्य, गायन,अभिनय, वाक, बाँसुरी वादन, कविता वाचन, कराँतेलगायत आफूमा अन्तर्निहीत प्रतिभा प्रदर्शन गरेर निर्णायकलाई प्रभावित पारेका थिए।

१७औं संस्करणको मिस नेवाः नेपालअन्तर्गत ट्यालेन्ट शोमा कृष्टी प्रजापति, तुलसी कंसाकार, तिमीला महर्जन, रितिका श्रेष्ठ, तुलसा प्रजापति, अविशा कपाली र सिचु मानन्धरले विभिन्न नृत्य प्रदर्शन गरेका थिए। त्यसैगरी एड्रिना श्रेष्ठले नृत्यका साथमा कराँते, युनिशा महर्जनले बाँसुरी वादन, रोजिना महर्जनले वक्तृत्व कला, सुविता देउलाले नृत्य र कराँते, अन्सु प्रजापतिले नृत्य र अभिनय, रसिला श्रेष्ठ र मीनासा महर्जनले धिमे बाजा वादन, खुसी डंगोलले नेवारी कविता वाचन, रिद्धिशा श्रेष्ठले पियानो वादन तथा सकिना महर्जनले वक्तृत्व कला प्रदर्शन गरेका थिए।

सहभागीहरुले ट्यालेन्ट शोमा प्रदर्शन गरेका कला प्रस्तुतिका आधारमा निर्णायकबाट प्राप्त नामलाई प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका दिन मिस ट्यालेन्ट घोषणा गरिने मिस नेवाः नेपालको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन्। मानन्धरले नेवारी कला, भाषा, संस्कार र संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तालाई हस्तानतरण गर्ने उद्देश्यले १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्ने गरिएको बताइन्। यस वर्षको मिस नेवाः नेपालमा १७ युवतीले अन्तिम स्पर्धा गर्दै छन्।

नेप्लिज फेसन होमका प्रमुख सल्लाहकार समाजसेवी सुरबहादुर श्रेष्ठको सभापतित्व तथा मिस नेवाः नेपाल २०२२ सलिना महर्जन, किड क्विन इरिना महर्जन, मिस लिटील नेवाः ११४३ सुजुती डंगोल, मिस नेवाः नेपाल ११४२ सेकेन्ड रनर्सअप सेलिना प्रजापति, मिस ट्यालेन्ट श्रेया महर्जन, सोसियल वेलफेयर चिफ अद्रिशा महर्जन, नेपाल भाषा प्रशिक्षक राजु नापितको विशेष आतिथ्य सम्पन्न ट्यालेन्ट राउन्डमा नेपाल क्योकुसिन सेइसिन काईकान कराँते संघ तथा विश्व क्योकुसिनका उपाध्यक्ष सिहान अशोककुमार श्रेष्ठ, लायन्स क्लब डिस्ट्रिक ३२५ एलका गर्भनर मणि श्रीरत्न बज्राचार्य, नमुना फेसन कलेजका भाइस प्रिन्सिपल जीवेश्वरलाल श्रेष्ठ, माँ बगलामुखी सहकारीका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जन, बक्सिङ संघका अध्यक्ष राम अवाले र नेपाल लिपी गुठीका अध्यक्ष अनिल स्थापित निर्णायक थिए।

मिस ट्यालेन्ट उपाधिका लागि भएको ट्यालेन्ट राउन्डलाई चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले उद्घाटन गरे । कला प्रस्तुतिका आधारमा फिनालेमा यो सहविधाको विजेता घोषणा गरिने आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी दिइन् ।

नेप्लीज फेसन हाेमले आयोजना गरेको १७ औ मिस नेवामा १७ जना प्रतिस्प्रधिहरुले सहभागिता जनाएका छन्। प्रतिस्प्रधिहरुलाई भाषा, लिपि ,कला सस्कृति राजु नापितले सिक्कि रहेका छन् भने रोजिन शाक्यले कोरियोग्राफी सिकाइरहेका छन् भने कार्यक्रम संयोजनको भूमिकामा कृषा महर्जन र सलिना महर्जनले निभाइ रहेको जानकारी हेमा मानन्धरले समय समय सान्दर्भिकलाई गराउनु भयो। समय सान्दर्भिक मिस नेवा: कार्यक्रमको अफिशियल मिडिया पनि हो । ट्यालेन्ट सो तपस होटल बत्तीसपुतलीमा भएको थियो। भदौ ५ गते प्रज्ञा प्रतिष्ठानमा फिनाले हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here