फिफा महिला विश्वकप : स्पेन र नेदरलन्ड्सबीच पहिलो क्वार्टरफाइनल

84
Sweden's goalkeeper #01 Zecira Musovic (R) makes a save in front of USA's forward #11 Sophia Smith (L) during the Australia and New Zealand 2023 Women's World Cup round of 16 football match between Sweden and USA at Melbourne Rectangular Stadium in Melbourne on August 6, 2023. (Photo by WILLIAM WEST / AFP)

काठमाडौं । साबिक विजेता एवम् विश्वकपको सफल टोली अमेरिका र दुई पटकको विजेता जर्मनी  घर फर्कँदा फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

यसपटक अमेरिका प्रिक्वार्टरफाइनलबाट घर फर्किन बाध्य बन्यो भने जर्मनी समूह चरणमै रोकियो । चार पटकको कीर्तिमानी विजेता अमेरिका प्रिक्वार्टरफाइनलमा स्विडेनसँग सडनडेथमा ५–४ गोलले स्तब्ध बनेको थियो ।

यस्तै दुई पटकको विजेता जर्मनी पनि समूह चरणबाटै घर फर्कियो । जर्मनी पहिलो पटक विश्वकपको समूह चरणबाट बाहिरिएको हो । अष्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको जारी विश्वकपमा सहभागी ३२ टोलीमध्ये अब आठ टोलीबिच क्वार्टरफाइनलमा प्रतिस्पर्धा हुनेछ ।

अगस्ट ११ तारिखबाट सुरु हुने क्वार्टरफाइनलको पहिलो खेलमा स्पेन र नेदरलन्ड्स भिड्नेछन् । सोही दिन अर्को क्वार्टरफाइनल खेलमा जापानले स्विडेनको सामना गर्नेछ । यस्तै अगस्ट १२ तारिख अष्ट्रेलिया र फ्रान्स तथा इङ्ल्यान्ड र कोलम्बियाबिच प्रतिस्पर्धा हुनेछ ।

सेमिफाइनल खेल अगस्ट १५ र १६ तारिख हुनेछ । सेमिफाइनलमा पराजित टोलीबिच अगस्ट १९ मा तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ भने फाइनल खेल अगस्ट २० तारिख हुनेछ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here