काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रसँग छलफल गर्दै छन् । उनले शुक्रबार अपराह्न तीन बजे निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरुसँग छलफल जारी राखेकाे छ ।
प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रका समस्या र चासोका बारेमा छलफल गर्न बोलाएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले जनाए । ‘अहिले निजी क्षेत्रको मनोबल धेरै नै खस्किएको छ, धेरै नै समस्याको सामना गरिरहेका छौं, तिनै विषयमा छलफल गर्न भनेर प्रधानमन्त्रीले बोलाउनुभएको छ, हामीले आफ्ना कुरा राख्छौं,’ उनले भने ।


















