काठमाडाैं । नेकपा (एमाले) को भातृ संगठन भूमि अधिकार तथा श्रमिक संगठन नेपालको काठमाडौं महानगरपालिका ४१ सदस्यीय कमिटी गठन पार्टी महानगर कार्यालय पुतलिसडकमा २७ गते गठन भएकाे छ ।
संगठनका महानगर संयोजन गणेश श्रेष्ठ अतिथिका रूपमा पाल्नु भएकाे कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) पोलितब्यूरो सदस्य तथा महानगर पार्टी इन्चार्ज रामेश्वर फुयालले ‘नेपालको कम्युनिस्ट लोकतान्त्रिक आन्दोलनको मुल प्रभावशाली नेकपा एमाले रहेकाेले सबैले सहि सिद्धान्त बुझ्नु पर्ने जाेड दिनु भयाे । राजनेता मदन भण्डारीले जसरी मुलुकलाई रुपान्तरण गर्न चाहे त्यसरी नै रुपान्तरण गरेर समृद्ध नेपाल बनाउनु पर्ने धारणा राखे ।
काठमाडौं महानगरपालिकाकाे अध्यक्ष निर्माण देउला उपस्थिति भएको प्रथम भेलाबाट प्रस्ताव पश्चात् ४१ सदस्यीय कमिटी गठन गरिएकाे कार्यक्रममा अध्यक्षका रूपमा गणेश श्रेष्ठ उपाध्यक्ष हरि माया जिम्बा उपाध्यक्ष राम कुमार खड्का, सह-सचिव सरस्वती दर्नाल गरी ४१ सदस्यीय कमिटी गठन भएकाे छ ।

















