माण्डवीमा नेपाल टेलिकमको एफटिटिएच सेवा सुभारम्भ

66

प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा नेपाल टेलिकमको एफटिटिएच सेवा सुभारम्भ भएको छ।गाउँपालिका सभाहल जस्पुरमा आयोजित कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्माले नेपाल टेलिकमको एफटिटिएच सेवाको उद्घाटन गर्नु भएको हो।

उद्घाटनमा प्रमुख अतिथि मन्त्री शर्माले गुणस्तरीय सेवाका निम्ति नेपाल टेलिकम लाग्नु पर्ने बताउदै सेवा नपुगेको ठाउँमा सेवा बिस्तारमा गर्नुपर्ने धारणा राख्नु भयो। मन्त्री शर्माले प्युठान जिल्लाको समग्र विकास निर्माणका लागि आफू लागिरहेको र भोलिका दिनमा समेत कटिबद्ध रहिरहने समेत स्पस्ट पार्नु भयो। गाउँपालिका अध्यक्ष नमराज अधिकारी-रोसनले टेलिफोन सेवा जनताको सेवाको निम्ति केन्द्रिय हुन पर्ने बताउदै निरन्तर जनताले प्रयोगमा पाउनु पर्ने बताउनु भयो।यस्तै गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले सो कार्यले सेवामा थप सहजता प्रदान गर्ने बताउनु भयो।साथै माण्डवी गाउँपालिका सहित समग्र जिल्लाको विकास र समृद्धिमा केन्द्र ,प्रदेश र स्थानीय सरकार विच सुमधुर सम्बन्ध स्थापना हुनु पर्नेमा जोड दिनु भयो।

नेपाल टेलिकमका प्रबन्धक शिव खनालले सञ्चालन गर्नु भएको कार्यक्रमको अध्यक्षता नेपाल टेलिकम लुम्बिनी प्रदेश निर्देशक शैलेस बहादुर अमात्यले गर्नु भएको थियो । कार्यक्रममा वायरलेस सेवा  निर्देशक मिनु प्रधान,व्याकवोन प्रसारण निर्देशक विनिता श्रेष्ठ,जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।गाउँपालिका अध्यक्ष अधिकारीले मन्त्री सर्मा सहितका अतिथिहरुलाइ मायाको चिन्ह समेत हस्तान्तरण गर्नु भयको थियोे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here