काठमाडाैं । नेपाल भाषा नजानेकी जापानी नागरिक कारेन शाक्य (बाबु नेपाली र आमा जापानीकी छोरी) ले श्वर दिएको तथा अभिनय गरेको ‘समाःया सँया झा’ नेपालभाषाको म्यूजिक भिडियो यूटियूब मार्फत सार्वजनिक भएको छ ।
बिगत २४ बर्षदेखि जापानमा बसोबास गर्दै आइरहनु भएको समाजसेवी एवम् व्यवसायी सुनिल कुमार शाक्य र चिए शाक्यकी पुत्रीद्वय कारेन यसपालिको ९ दिने गर्मी बिदामा नेपाल आएर बनाएको यो पहिलो म्यूजिक भिडियो हो ।
यस म्यूजिक भिडियोमा मल्लकालिन कला झल्कने कीर्तिपुरको ससः त्वाः रेष्टुरेन्ट, नेपालको मौलिकता झल्कने उपत्यकाका दृश्यहरुका साथै उपत्यका नजिकको चित्लाङ भिलेजको दृश्य रहेको छ । चर्चित साहित्यकार प्रा. सुवर्ण शाक्यले ६६ पहिला लेखिएको यस म्यूजिकको रिकोर्डिंग र गीतको डिजाईन तथा परिकल्पनाकार वरिष्ठ संगीतकार न्ह्यु बज्राचार्यले गर्नु भएको छ ।
नेपाल भाषा तथा नेपालभाषाका चर्चित गायिका निशा देशारले भोकल ट्रेनिंग दिनु भएको थियो भने ज्योति म्यूजिक ग्रुप तथा डाइरेक्टर बिस्वास बज्राचार्यको टीमले भिडियो छायाँकन गर्नु भएको थियो ।
यस म्यूजिक भिडियो नेपालमा पर्यटकहरुलाई पनि बिशेष आकर्षक होस भनेर नेपाली संस्कृति झल्कने एैतिहासिक नगरी किर्तीपुर क्षेत्रको ससः त्वाः , उपत्यकाको विश्व सम्पदा सुचीकृत क्षेत्रहरु देखाउनुका साथै होम स्टेको लागि प्रख्यात चित्लांगको गाउँ , हाईकिंग , क्याम्पिंग , कुलेखानी दाम र जिप लाइनबाट देखिने रमणीय चित्लांग भिलेजको म्यूजिक भिडियोमा छायाँकन गरिएको छ ।


















