आशाजनक प्रतिभाहरू प्रदर्शन गर्न निरन्तर प्रयास

26

काठमाडौं। एशियन पेन्ट्स नेपालले नेपालका प्रतिभाशाली आर्किटेक्ट र इन्टेरियर डिजाइनर प्रवर्द्धन र आशाजनक प्रतिभाहरू प्रदर्शन गर्न निरन्तर प्रयास गरिरहेको छ ।

दश वर्षभन्दा बढि समयदेखि यस सीएसआर पहल, क्यालिडोस्कोपमार्फत विद्यार्थीहरूलाई आफ्नो रचनात्मकता र उपलब्धिको भावना निर्माण व्यक्त गर्ने अवसर छ भन्ने दृढ विश्वास रहेको एशियन पेन्ट्सले जनाएको छ ।

आर्किटेक्चरका विद्यार्थीहरूका लागि २०२२/२३ को प्रोजेक्ट कास्की, पोखराको ‘पोखरा मोन्युमेन्टल पार्क’ थियो भने इन्टेरियर डिजाइनका विद्यार्थीहरूका लागि ‘बुटिक होटल’ थियो ।

यो राष्ट्रिय स्तरको प्रतियोगिताको आठौं संस्करण हो, जहाँ २०७४ ब्याच र २०७५ ब्याचका कूल गरेर ५१ विद्यार्थीहरूले ११ आर्किटेक्चरल र २ इन्टेरियर डिजाइन कलेजहरूबाट भाग लिएका थिए ।

आर्किटेक्चर र इन्टेरियर डिजाइन संकायबाट उत्कृष्ट ५ विजेताहरूको घोषणा २०२३ अगस्टको २७ गते आइतबार सोल्टी होटलमा गरिएको थियो ।

कार्यक्रम प्रमुख अतिथिमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न संघ-संस्थाहरुका साथै न्यायाधीशहरू, विश्वविद्यालयका प्रतिनिधिहरू, कलेज संयोजकहरू, शिक्षकहरू, विद्यार्थीहरू, विगतका विजेताहरू र एशियन पेन्ट्सका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

आर्किटेक्ट कलेजबाट प्रतियोगिताको विजेता आईओई, थापाथली क्याम्पसका सन्दीप तण्डुकार र इन्टेरियर डिजाइन कलेजबाट कान्तिपुर इन्टरनेशनल कलेजकी नीलिमा प्रधान दुवैले एशियन पेन्ट्सबाट ७० हजार नगद पुरस्कार प्राप्त गरे ।
फस्ट रनरअपहरु आर्किटेक्ट कलेजबाट एक्मी इन्जिनियरिङ कलेजका अनमोल भण्डारी र इन्टेरियर डिजाइन कलेजबाट आईईसी कलेज अफ आर्ट एण्ड फेसनकी क्याथी मुननकर्मी भए र दुवैले एशियन पेन्ट्सबाट ४० हजार नगद पुरस्कार प्राप्त गरे ।

आइओई थापाथली क्याम्पस (आर्किटेक्ट कलेज) का युनिश भट्ट क्षेत्री र कान्तिपुर इन्टरनेशनल कलेज (इन्टेरियर डिजाइन कलेज) की श्रीजा आचार्य एसियन पेन्ट्सबाट ३० हजार नगद पुरस्कार जित्दै सेकेन्ड रनरअप भएका थिए ।

अन्तमा चार सान्त्वना पुरस्कार काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङकी मानशी श्रेष्ठ, आईओई थापाथली क्याम्पसकी रुची खकुरेल, आईईसी कलेज अफ आर्ट एण्ड फेसनकी नम्रता पन्त र आईईसी कलेज अफ आर्ट एण्ड फेसनकी रुचिता महर्जनलाई एशियन पेन्ट्सबाट १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

यस संस्करणको आर्किटेक्ट र इन्टेरियर डिजाइन दुवैका लागि विजेताहरूलाई प्यानलद्वारा छनोट गरिएको थियो । जसमा आर्किटेक्चर र इन्टेरियर डिजाइनर बिरादरीका प्रतिष्ठित व्यक्तित्वहरू आर्किटेक्ट अरुण देव पन्त, आर्किटेक्ट अमुल मानन्धर, आर्किटेक्ट उमा साँगाछे श्रेष्ठ, आर्किटेक्ट एलेक्स श्रेष्ठ, आर्किटेक्ट एकराज अधिकारी, इन्टेरियर डिजाइनर सपना सापकोटा, इन्टेरियर डिजाइनर तेजिता वैद्य अमात्य र इन्टेरियर डिजाइनर बिवा जोशी संलग्न थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here