काठमाडौंका यी क्षेत्रमा आज दिनभर विद्युत् अवरुद्ध हुने

48

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज (शनिवार) दिनभर काठमाडौं उपत्यकाका यी क्षेत्रमा दिनभर विद्युत् अवरुद्ध हुने जानकारी दिएको छ ।

प्राधिकरणले सूचना जारी गर्दै टेकु सब स्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीच गियरमार्फत चार्ज गर्न स्युचाटार के–थ्री ६६ केभी प्रसारण लाइन सट डाउन गर्नुपर्ने भएकाले टेकु तथा के–थ्री सब स्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेकाले बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी गराएको छ।

लप्सी फेदी तथा चाँगुनारायण सब स्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकु सब स्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने गरी कार्य भइरहेको छ।

उक्त स्टेसनहरूबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुलचोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा विद्युत् आपूर्ति अवरुद्ध हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here