काठमाडौं । एनएमबि बैंकले डेबिट कार्डमा रु १०० क्यासब्याक अफर घोषणा गरेको छ । सो अफर अन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएम बाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल (POS) मार्फत कारोबार गर्दा रु १०० क्यासब्याक पाउनेछन् ।

















