कांग्रेसका सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण गर्ने व्यक्ति नियन्त्रणमा

45

काठमाडौं । प्रहरीले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

बुधबार रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गरेका हुन्।

रिपोर्टस क्लबको कार्यक्रममा कालो झोला बोकेर बसेका सापकोटा।

कार्यक्रममा कालो झोला बोकेर बसिरहेका सापकोटाले यादवमाथि आक्रमण गर्नुको कारण खुलेको छैन। सापकोटालाई प्रहरीले सिंहदरबार प्रहरी वृत्तमा लगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

घटनामा घाइते भएका यादवको काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here