कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ लिने

42

मोरङ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ लिने भएका छन्।

प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरी शपथ गराउने भएका हुन्। प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठका अनुसार कार्कीले शुक्रबार साँझ ६ बजे मुख्यमन्त्रीको शपथ लिनेछन्।

सर्वोच्च अदालतले बिहीबार कोशीका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत बदर गरी ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो।

कार्कीनिकट स्रोतका अनुसार तिलकुमार मेन्याङ्वो र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here