माण्डु हाइड्रोपावरको आइपीओ बाँडफाँट हुँदै

45

 

काठमाडौं । माण्डु हाइड्रोपावरको आइपीओ आइतबार बाँडफाँट हुँदैछ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज भदौ २४ गते आफ्नै कार्यालय कमलादी काठमाडौंमा बिहान ९ः३० बजे आइपीओ बाँडफाँट हुन लागेको हो।

यता, माण्डु हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ। यसमा मागभन्दा ८.८७ गुणा बढी आवेदन परेको छ। यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ।

यसमा ९ लाख ८० हजार ५५ जनाले कुल १ करोड ६ लाख ९५ हजार ३३० कित्ताका लागि आवेदन दिएका छन्। जसमा १ लाख २० हजार ५३२ जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी ८ लाख ५९ हजार ५२३ जनाको भने हात खाली हुनेछ।

यस कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपीओ जारी गरेको हो। जसमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो।

त्यस्तै, ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। बाँकी १२ लाख ५ हजार ३२० कित्तामा सर्वसाधारणले आवेदन दिने व्यवस्था रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here