मूर्ति सेलाउने क्रममा भएको झडप भएपछि निषेधाज्ञा

132

जनकपुरधाम । सर्लाहीको मलगंवामा मूर्ति सेलाउने क्रममा दुई समुदायबीच भएको झडपपश्चात लगाइएको कर्फ्युलाई हटाएर निषेधाज्ञा जारी गरिएको छ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्म लगाइएको कर्फ्युलाई हटाएर भदौ २७ गते राति १२ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जानकारी दिए।

शुक्रबार कृष्णको मूर्ति सेलाएर फर्कने क्रममा दुई समुदायबीच झडप भएको थियो। शनिबार समेत सो घटनाका कारण हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको थियो।

तर शान्ति सुरक्षाको अवस्था सामान्य रहेकोले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) ९१० ९३० बमोजिम जारी कर्फ्यु आदेश हटाइएको प्रजिअ यादवले जानकारी दिए।

प्रजिअ यादवले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साविक मलंगवा नगरक्षेत्र पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट-बाबा पेट्रोल पम्म सीमा क्षेत्रभित्र कुनै प्रकारको भेला हुन नपाउने, जुलुस गर्न नहुने, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) ९२० ९१० र दफा ६ (ख) को ९१० (ग) बमोजिम आज विहान ८ बजेदेखि भदौ २७ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here