२ निजी अस्पताल बन्द

133

धनगढी  । कैलालीको धनगढीमा रहेका २ निजी अस्पताललाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बन्द गराएको छ।

जिल्ला अनुगमन समितिले मंगलबार अनुगमन गर्दा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालि र सञ्जिवनी अस्पताल सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेको भेटिएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय धनगढीले बुधबारदेखि नै सेवा बन्द गर्न पत्र लेखेको थियो।

प्रशासनले बन्द गर्न निर्देशन दिएपछि बुधबारदेखि अस्पतालले सेवा बन्द गरेका हुन्।

अनुगमनका क्रममा कम्पनी रजिष्ट्रार कार्यालय र मूल्य अभिवृद्धि करमा दर्ता भए पनि कुनै पनि सरकारी निकायबाट ती अस्पतालले सञ्चालन अनुमति नलिएको खुलेको थियो।

कानुनअनुसार सेवा सञ्चालन गर्न १५ शय्याको अस्पतालका लागि स्थानीय तह, २५ शय्याको अस्पताल सञ्चालनको अनुमति प्रदेश स्वास्थ्य निर्देशनालय, दुई सय शय्याको अस्पतालका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र त्योभन्दा माथिको अस्पताल सञ्चालनको अनुमति संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति लिनुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here