नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

52

काठमाडौं ।  संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । उनको सम्मानमा नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो ।

त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।

सोमबार मध्यराति घरकै शौचालयमा बेहोस भेटिएएका नेम्वाङलाई लगत्तै शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो । जहाँ उनलाई चिकित्सकहरुले मृत घोषण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here